Monday, March 26, 2018

बहुलाइ

हेर त!
तिमी मेराे टाउकाे बाट,
अलिकति
अलिकति
गरेर निस्कदै छाै।
मैले अाजकल काेहि कसैलाई याद गर्दिन नि।
तिमिलाईपनि याद गर्न छाेड्दै छु।
तिमी याद अायाै भने मेराे टाउकाे जाेडले दुख्छ।
अाँखाहरु टाेलाउछन्,
अनि तिमी अाँखाबाट
तप्प
तप्प
झर्छाै।
सबै मलाई दयाभावले हेर्छन्,जान्छन्
तर तिमिले खै मलाई देखेकाे?,
मेराे नजिकै अाएर किन साेध्दैनाै?,
ठिक छेउ तिमी?
मेराे हालत हेर न,
म तिमी नहुदा क्षति भएकि छु।
म ऐना अघि जाँदा,
अाफै नराम्ररी तर्सिए,
म पागल है,
मूर्ख
अनि
बेवकुफ
घरि तिमिमा अाफुलाई नियाल्ने गर्छु।
घरि
तिमिलाई अाफुमा नियाल्ने गर्छु।
म मा कति थियाै?,
कति बाँकि छाै?
अझै कति रहन्छाै?
म कहाँ कहाँ भाैतारिन हाेला,
तिमिलाई ती पहिले देख्ने गल्लिहरु,
त्याे गाउँ,
त्यहाँका गाेरेटाे,
अन्त कहाँ जान सक्थेर तिमिलाई खाेज्न?
तिमी कतै फुर्र भैदियाै,
एउटा अाशाकाे दियाे बल्दैथ्याे,
मेराे बस्तिमा उज्यालाे अाउदै गर्दा,
तिमी घरलाई अन्धकार बनाएर गयाै।
मेराे पागल पन काे सिमा नघाइ,
मलाई पागलै छाेडि दियौं।
अाउछाै र मेराे हालत हेर्न?
म कस्ति छु,र तिमिलाई अाज पनि कति माया गर्छु?
नापेर जान्छाै कि,
ताैलेर?,
यात
मेराे हालतमा खिल्ली उडाएर,
म मजाक र
मेराे माया तिम्राे लागि अर्काे मजाक,
मेरा भावना तिम्राे लागि फेरि अर्काे मजाक,
बस्,
मेराे दिमागी सन्तुलनमा एक पटक हाँसाेका फाेहरा उडाइजानु,
मजाक काे मजा लिने गरि।
अब फेरि अाउनु काे के महत्व,
के अाैचित्य,
मेराे त दिमागले बिस्तारै तिमिलाई निकालिसकेकाे छ।

No comments:

Post a Comment